राष्ट्रपतिद्वारा तेजाबलगायत तीन अध्यादेश जारी

0
14

काठमाडौँ, असोज १२ गते रासस – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गर्नुभएको छ ।
ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय(पहिलो संशोधन) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice