प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना

0
11

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उहाँकी श्रीमती प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल ट्वीट मार्फत स्वास्थ्यलाभको कामना गर्नुभएको हो । राष्ट्रपति ट्रम्प दम्पतीलाई शुक्रबार अक्टोबर २ तारेख कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीट मार्फत सो कुरा सार्वजनिक गर्नुभएको थियो । उहाँ दुवै दम्पतीलाई थप उपचारका लागि मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice