काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा एक हजार ५९९ जना सङ्क्रमित थपिए

0
10

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ३७३ जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ३२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice