काठमाडौं उपत्यकामा सोमबार कोरोनाभाइरसका एक हजार ५३१ जना थपिए

0
10

काठमाडौं, असोज १९ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार १७८ जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ४४० सङ्क्रमित थपिएका छन् । १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice