उद्यमशील महिला सिपमुलक तालिम सम्पन्न

0
36

पृथ्बी राजमार्गको त्रिशुली नदी किनार छेउ रहेको गजुरी गाउंपालिकाले आफ्नो गाउंपालिकामा रहेका खास गरि बिपन्न र मध्यमवर्गीय परिवारका महिलाहरुलाई लक्षित गरि शीपमुलक र आयमुलक तालीम कार्यक्रम सञ्चालन गरेको छ ।
बिश्चव्यापी संक्रमणको महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीका बीच धादिङ जिल्लाको गजुरी बजारमा सामाजिक दुरी कायम गर्दै नेपाल सरकार द्दारा जारी स्वास्थ्य मापदण्डको अधीनमा रहि १० दिने तालीम कार्यक्रम आज सम्पन्न भएको हो ।
बिश्वब्यापी कोरोना भाइरसको संक्रमणको जोखिमका बीच पनि गजुरी गउंपालिकाले यस अन्तरगत पर्ने बिभिन्न वडाहरुमा बसोबास गर्ने महिलाहरुलाई आयआर्जनमा सक्षम बनाउने लक्ष्य सहित बिभिन्न किसिमका तालीम तथा रोजगारमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा वडा नं १ मा बसोबास गर्ने करिब २५ जना महिलाहरुलाई महिला उधमशील तथा शीपमुलक गुडिया तथा कुसन बनाउने सम्बन्धी तालीम दिएको हो ।
तालीम कार्यक्रमको उद्घाटन तथा समापन दुबै कार्यक्रमका प्रमुख अतिथी गजुरी गापाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले तालीम पश्चात गजुरी गाउपालिकाको आयार्जनमा समेत शीपमुलक ताली प्राप्त महिलाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउदै आगामी दिनमा यस्ता कार्यक्रहरु गाउंपालिकाको हरेक वडाहरुमा संचालन गरिने र समृद्ध गाऊपालिका बनाउने महा अभियानमा यो कोशेढुंगा साबित हुने बताउनु भयो ।
तालीम कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्ने कार्यमा अहोरात्र खटिनुहुने प्रशिक्षक तथा तालीम प्राप्त महिलाहरुलाई सो अबसरमा प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा गापा की उपाध्यक्ष्य सीता ढु,गाना लगायतका बक्ताहरुले समेत धारणा राखेका थिए ।
पोहोर साल मात्र गजुरी बजारमा करिब १०० जना महिलाहरु जम्मा भई स्थापना भएको गजुरी रुद्रेश्वर आमा समूहको आयोजना तथा गजुरी गाउंपालिकाको आर्थिक सहयोगमा सो उधमशील तालीम सम्पन्न भएको थियो । समापन कार्यक्रमको अध्यक्ष्यता सो समूहकी अध्यक्ष सीता श्रेष्ठले गरेकी थिइन भने संचालन समूहकी कोषाध्क्ष्य सर्मीला नेपालले गरेकी थिइन ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice