प्रदेश-५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा

0
8

प्रदेश-५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा भएको छ । प्रदेश नं. ५ प्रदेश सभाको आजको बैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो ।
सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस् भनी गत शुक्रबार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice