रानी शाक्य बनिन पप आधुनिकमा सर्वोत्कृष्ट गायिका

0
256
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

गायिका डा.रानी शाक्यले ‘संसार फेर्न’ गीतबाट पप आधुनिक विधामा अवार्ड पाउनु भएको छ ।आइतबार राजधानीमा आयोजित ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा गायिका शाक्यले (पप आधुनिक) विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्नु भएको हो। पेशाले चिकित्सक र देश बाहिर भएर पनि लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका शाक्यको ‘संसार फेर्न’ गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत रहेको छ ।
कोरना कहर बीच पनि सधै नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गायिका शाक्यले नेपालका चर्चित गीतकारहरु रमण घिमिरे, हरि उप्रेती , तुलसी बस्नेत ,अरुण तिवारी , डा.भरत रेग्मी ,सहदेव ढुंगाना , गोबिन्दप्रसाद उपाध्याय , लक्ष्मी श्रेष्ठ , समीर राइ ,गणेश सुबेदीको रचना र चर्चित संगीतकारहरु मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, विकास चौधरी चन्द्रसिंह घले, बिक्रम थापा, नकुल कार्कीको संगीतमा आवाज दिइसक्नु भएको छ साथै चर्चित गायकहरु कमल खत्री , प्रमोद खरेल, प्रतापदास,बलबहादुर राजबंसी सुरज सिंह लगायत सगको युगल स्वरमा उहाका गीतहरु आइसकेका छन्।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन। आधुनिक गीत , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यलाई हाम्रो तर्फबाट पनि आगामी यात्राको लागी शुभकामना ।।

हेर्नुहोस , गायिका रानी शाक्यको हालसालै रिलिज भएको डान्सिङ गीत ‘ढलक ढलक’

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice