‘दु:ख बाँडौ सुख साटौ’ भन्ने नाराका साथ नेबिसंघ महामन्त्री मनोज बैद्यले बाँडे ६५५ परिवारलाई राहत

नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैद्यले आर्थिक रुपमा बिपन्न परिवार, बिद्यार्थी र श्रमिकलाई आहतमा राहत कार्यक्रम अन्तर्गत दु:ख बाडौ सुख साटौ भन्ने नाराका साथ खाद्यान्न बितरण गरेका छन ।
बैद्यले बुधबार काठमाडौंको चावाहीलमा कोभिड-१९ महामारिको मारमा परेका ६५५ जनालाई खाद्यान्न बितरण गर्नु भएको हो । प्रत्येक परिवारलाई चामल, तेल, नून, मस्यौरा, दाल, चिउरा लगाएतका खाद्य सामाग्री बितरण गरिएको नेविसंघ महामन्त्री बैद्यले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा कसैले रमाइलो गरेर मनाइरहेको हुने त कसैको घरमा चुल्हो सम्म बल्ने अवस्था नभएकोले दसैं जस्तो पर्वमा कोही भोकै नपरुन भन्ने ध्येयले चाडपर्वको मुखमा राहत वितरण गरेको बैद्यले जानकारी दिनु भयो।महामन्त्री बैद्यले जनता बाट कर उठाएर तलब भत्ता खाने राज्यले यस्तो विपतको समयमा पनि जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै सांकेतिक विरोध स्वरुप पनि सहयोग कार्यक्रमलाइ निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।बैद्यले साथीभाइहरुको सहयोग बाट चलेको कार्यक्रम साथी भाईहरुले सहयोग गरिरहे सम्म निरन्तर रुपमा राहत कार्यक्रमलाई लैजाने बताउनु भयो
यसअघि पनि बैद्यले खाद्यान्न,खाजा तथा खान खुवाउने र मास्क वितरण लगायतका कार्यक्रम गर्नु भएको थियो ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित