गीतकार श्रीराम थापाको देशभक्ती गीत ‘जंगे पिल्लर’ सार्वजनिक (भिडियो )

अहिलेको देशको यथार्तता बोकेको, राष्ट्रिय भावनाले ओतप्रोत गीतकार श्रीराम थापाको गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । सिमानाका जंगे पिल्लर राती राती सर्छ………. भन्दै गीतकारले अहिलेको देशको यथार्तता प्रस्तुत गरेका छन्
गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ । फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत सार्वजनिक गरिएको छ । गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रियगीत मार्फत युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ लाइ संचालन सुरु गर्नु भएको हो ।
आगामी दिनमा पनि ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिइने गीतकार थापाले जानकारी दिनु भयो ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित