गायक नबिन के भट्टराई को “सम्बन्ध” सार्बजनिक (भिडियो)

गायक नबिन के भट्टराई ले आफ्ना दर्शक तथा श्रोता हरु को लागि आफ्नो सार्बजनिक हुन लागेको नया गति संग्रह बाट “सम्बन्ध” बोल को गीत सार्बजनिक गरेका छन्। गितमा राजन राज शिवाकोटी को शब्द रहेको छ भने संगीत उत्पादन ,संयोजन पनि नबिन स्वयं कै रहेको छ।संगीतको विद्यार्थी भएको हुनाले आफुले सिकेको संगीतका केहि कुरा हरु यो गित साथै संग्रह का अन्य गीतमा प्रयोग गरेको हुनाले श्रोताहरुलाई केहि फरक स्वाद लाग्नसक्ने नबिन ले जानकारी दिए।
गीतको भिडियोमा नबिन संगै बिजिना राजभण्डारीको अभिनय हेर्न सकिन्छ। नविना भट्टराई ले निर्देशन गरेको उक्त भिडियोलाइ मन्दिप बखुंचेले खिचेका हुन् भने सम्पादन मनोज सापकोटा ले गरेका हुन्। गीतको भिडियो नबिन कै अफिसियल यु टुब मार्फत हेर्न सकिन्छ।

कोरोना को प्रभावमा बसिरहदा पनि दर्शक तथा श्रोताहरुको लागि दशैँ पछाडी नया संग्रह ल्याउन लागेको नबिनले बताए । नया संग्रह एन. के. बि रेकर्ड्स मार्फत निस्कने र लगभग सबै गीतहरुको काम सकिसकेको जानकारी पनि उनले दिए। आफ्नो अन्य संग्रह जस्तै यो संग्रहका गीत हरु लाइ पनि दर्शक तथा श्रोता हरुले मन पराइदिनु हुन्छ भन्ने आशा नबिन ले लिएका छन्।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित