छोरा को जन्मदिनको अबसरमा गायक श्रेसन श्रेष्ठले सार्बजनिक गरे “बरदान” बोलको गीत

आफ्नो छोरा १ बर्ष पुगेको अबसर पारेर गायक श्रेसन श्रेष्ठ ले “बरदान” बोलको गीत सार्बजनिक गरेका छन्। श्रेसन आफै ले छोरा लाइ समर्पित गरेर लेखेको उक्त गीत लाइ एल्भिस जोशी ले संगीत दिएका हुन्। उक्त गीतको संगीत संयोजन जोबन भुजु ले गरेका हुन्। उक्त गीत उनको चाडै बजार मा आउन लागेको संग्रह “सृष्टि” मा संग्रहित छ।
गीतको भिडियो लाइ रोबिन श्रेष्ठ ले खिचेका हुन् भने सम्पादन अनुप अधिकारी ले गरेका हुन्। आफ्नी श्रीमती सृष्टि र छोरा श्रेयार्थ सहित आफु पनि अभिनय गरेका श्रेसनले भिडियो को निर्देशन पनि आफै ले गरेका छन्।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित