पारस खड्का एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा

नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा परेकाछन् । पारससँगै अशोसिएट राष्ट्रबाट स्कटल्याण्डका काइल कोट्जर, कैलम म्याकक्लोयड, रिची बेरिंगटन, पपुवा न्यू गिनीका असाद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन पुरस्कारको मनोनयनमा परेका छन् ।
आईसीसीले एक दशकसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न शिर्षकमा पुरस्कृत गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आईसीसी अशोसिएट क्रिकेट, आईसीसी महिला एशोसिएट क्रिकेट, महिला क्रिकेट, पुरुष क्रिकेट, ओडीआई पुरुष र महिला क्रिकेट, टेष्ट क्रिकेट लगायतको विधाका क्रिकेटरको मनोनयन सूची आईसीसीले सार्वजनिक गरेको हो ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित