झापामा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

12

झापामा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नं. ८ का ७२ वर्षिय र शिवसताक्षी ९ का ७३ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बिर्तामोडका बृद्धको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा बिहिबार बिहान ६ बजे बजे मृत्यु भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यसैगरी बुधबार राती शिवसताक्षीका एक बृद्धको मृत्यु भएको छ । बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा ति बृद्धको मृत्यु भएको छ ।

siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra