शुक्रबार एकहजार ७०३ थपिए, कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३

9

नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २३६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०१ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra