सन्दीप लामिछानेमा कोरोना सङ्क्रमण

काठमाडौं, मंसिर १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि गत् मंगलबार १६ खेलाडीको कोरोना परीक्षण गरिएकोमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित तीन खेलाड र एकजना कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफू कोभिड–१९ बाट सङ्क्रमित भएको उल्लेख गर्दै सङ्क्रमणको पुष्टि गरेका हुन् । सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् “गत् बुधबारदेखि शरीरमा दुखाइ महसुस गरेकोमा नियमित परीक्षणको क्रममा कोरोना पोजेटिभ भएको छ ।”
सन्दीप हाल आइसोलेशनमा बसेका छन् । सबै ठीकठाक रहे आफू फेरी फिल्डमा फर्किने सन्दीपले बताएका छन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित