गीत मार्फत सुगम पोखरेलले सम्झिए “श्रद्धेय स्वरसम्राट नारायण गोपाल ” (भिडियो)

34

नेपाली संगीतका परिचित गायक सुगम पोखरेलले स्वर सम्राट नारायण गोपाल को सम्झनामा “श्रद्धेय नारायण गोपाल “ बोल को गीत सार्बजनिक गरेका छन्। पछिल्लो समय केहि फरक किसिमका गित संगीत सार्बजनिक गरिरहेका सुगमले नेपाली संगीतका श्रष्टामाथि पहिलो पल्ट गीत तयार पारेका छन्। संगीतमै आबद्द भएको नाताले पनि आफु भन्दा अग्रज गायक तथा संगीतकार हरु प्रति समर्पित भएर गीत बनाउन पाएकोमा सुगम ले खुशी ब्यक्त गरेका छन्।
गीतमा शब्द संगीत सुगम आफै ले दिएका छन् भने संगीत संयोजन मनोज कुमार के सी को रहेको छ। मन्दिप बखुंचे र मिलन तामाङले खिचेको गीतको भिडियोलाइ मनोज सापकोटाले सम्पादन गरेका छन् भने निर्देशन सुगम संगै मनोज सापकोटाले गरेका हुन्। नजिकिदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवस को अवसर पारेर उनले गीत को भिडियो संगै स्वरसम्राट नारायण गोपाल को छोटो चिनारी भिडियो पनि राखेका छन् । गीतलाई सुगमको आफ्नै यु टुब मार्फत सार्बजनिक गरेका छन्।

siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra