एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

काठमाडौँ, मङ्सिर १८ गते रासस – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिनुभयो । विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट हुनुभएको छ । एक वर्षअघि तीनै खेलाडी एन्फाको अनुशासनको कारबाहीमा परेका थिए । बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन गरिने प्रशिक्षक महर्जनले बताउनुभयो ।

सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीमा गोलकिपरतर्फ विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, किरणकुमार लिम्बू, विकेश कुथु, अर्पण कार्की र देव लिम्बू, डिफेन्डरतर्फ सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निशान खड्का, छिरिङ गुरुङ, दिनेश, रञ्जदीप पौडेल, सुरज विक, आशिष गुरुङ, रोहित चन्द र दिलेन मोक्तान हुनुहुन्छ ।

यसैगरी मिडफिल्डरतर्फ अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष, सुनिल बल, हेमन्त थापा मगर, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, रवि पासवान, पुजन उपरकोटी र त्रिदेव गुरुङ तथा फरवार्डतर्फ राजेश परियार, विमल राना, अञ्जन विष्ट, विमल, अभिषेक रिजाल, रेजिन सुब्बा, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र दर्शन गुरुङलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित