पछिल्लो २४ घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिए, २३ जना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । अाठ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि हो ।

हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित