रङ्गशालाको निर्माण कार्यमा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुदै

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण कार्य भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा गृष्मा ब्रोडकास्टिङको आयोजनामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मा ‘स्टार क्रिकेट २०२१’ को बारेमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलन मा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए।
नेपाली चलचित्र , संगीत र खेलकुदका गरि ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने उक्त टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।
एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् । टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ । टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित