नव गायक राम श्रेष्ठले नयाँ गीत मायाँ गर्नु पर्दैन…को भिडियो दर्शकमाझ

नव गायक राम श्रेष्ठले नयाँ गीत मायाँ गर्नु पर्दैन…को भिडियो दर्शकमाझ ल्याएका छन् । बियोगान्त भावको यो गीतलाई सुवर्ण कुमार श्रेष्ठले लेखेका हुन् । जसमा संगीत र भिडियो सम्पादन, छायाँकन पनि सुवर्ण कुमारकै रहेको छ ।
गायिका तथा मोडल विशाखा गिरीसँग यो भिडियोमा अजय नगरकोटी र अभी सुनुवारले अभिनय गरेका छन् । भिडियोमा यी तीन पात्रको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ । अजय र अभीको यो डेब्यु भिडियो हो । जसमा गीताञ्जली योगीको मेकअप रहेको छ ।
त्रिकोणात्मक प्रेम भावमा यो गीत तयार पारिएको छ । गीतको भिडियोलाई हाईलाईट्स नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा एक युवतीको दुई युवासँग समानान्तर प्रेमले त्यसले निम्त्याएको समस्या देखाईएको छ ।
डब्बु क्षत्रीको निर्देशनमा तयार भएको यो भिडियोले यतीबेला दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नवोदित गायक भए पनि रामको स्वर निकै मिठास छ । उनको गायन शैली कुनै व्यबसायिक गायक भन्दा कम छैन ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित