गायक अपाथ र एलिना चौहानको ‘जुन त्यो जुन’मा एलिसा र निराजनको रोमान्स

मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ । पछिल्ला दिनमा एकपछि अर्को गर्दै राम्रा गीत संगीत दिइरहेका कमलकै एरेन्ज पनि रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन ।

रिदम स्क्रिन क्रियशनले बाहिर ल्याएको भिडियोमा बुद्ध थापाको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशन सोनम पाख्रिनले मोडलमार्फत युवा अवस्थामा जानेर नजानेर गरिने प्रेम पस्किएका छन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित