भर्चूअल रियालीटी शो हल अफ फेमको एपीसोड ११ स्वर सम्राट नारायण गोपाल प्रति समर्पित

भर्चूअल रियालीटी शो हल अफ फेमको सिजन २ का एपीसोडहरु प्रसारण भइरहेका छन् । सिजन २ को एपीसोड ११ मा आइपुग्दा हल हफ फेम अझ रोमान्चक बनिरहेको छ। एपीसोड ११ स्वर सम्राट नारायण गोपाल प्रति समर्पित भएको छ। प्रतिस्पर्धी टप नौं फाइनलिस्टहरुहरु ले नारायण गोपालका कालजयी गीतहरुमा निकै राम्रो प्रस्तुति दिएका छन्। कार्यक्रममा हंगकंग बाट गायक संगीतकार दिनेश सुब्बा पनि सहभागी भएका छन् ।हल अफ फेममा सहभागीहरुको प्रस्तुति निखारिँदै गएको मा निर्णायकहरु वरिष्ठ गायक दीप श्रेष्ठ, गायक विवेक श्रेष्ठ र गायिका रेजिना रिमालले खुशी ब्यक्त गरेका छन् भने निर्णायकहरु को मार्गनिर्देशनबाट प्रतियोगी हरुले आफ्ना कमी कमजोरीलाई सुधार्दै अघि बढ्न पाएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रम हल अफ फेम हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रशारण गरिँदै आइरहेको छ ।

https://www.youtube.com/watch?v=DB9VSBhe2g8

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित