रमेशलाई नाट्यश्वर म्युजिक अवार्ड

बिगत लामो समयदेखि गीत लेखनमा सक्रिय रमेश दहालले गत माघ २५, २०७७ मा विदुर नगरपालिकामा आयोजित दोस्रो नाट्यश्वर म्युजिक अवार्डमा उत्कृस्ट आधुनिक गीतकार जुरी अवार्ड चुमेका छन् l रमेश आधुनिक, पप र राष्ट्रभावका गीत लेखनमा अब्बल मानिन्छन् l उनका एकपछि अर्को उत्कृस्ट गीतहरु आइरहेका छन् l
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा नुवाकोटको बिदुर नगरपालिका १ स्थित होटल यांग्राको शभा हलमा सम्पन्न दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको जुरी अवार्ड हात पारेका हुन् l उनलाई ‘पूर्वको बादल’ बोलको गीतका लागि यो अवार्ड प्रदान गरिएको हो ल
उत्कृस्ट आधुनिक गीतकारको अवार्डको लागि गीतकार होमनाथ न्यौपाने, हिमाम्सु रायमाझी, प्रतिमा गुरुङ, बीबी थापा जस्ता रास्ट्रिय स्तरमा ख्याती कमाएका गीतकारका साथै र रमेश दहालको गीत नोमिनेसनमा परेको थियो l कार्यक्रममा गीत सङ्गीत क्षेत्रका ४८ विधाका कलाकार तथा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो l अवार्डमा पत्रकार डब्बु क्षेत्री, नेमिश गौतम लगायतका कलाकारिताका क्षेत्रका सक्रिय पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो l
रमेशले अवार्ड प्राप्त गरेको ‘पूर्वको बादल’ बोलको गीतमा भानु थापाको सङ्गीत र दीप श्रेष्ठको स्वर सुन्न सकिन्छ भने सङ्गीत संयोजन अमुल कार्कीढलीले गरेका हुन् l करिब २०० जना दर्शकको उपस्थितिमा सम्पन्न सो अवार्ड कार्यक्रममा नेपाली गीत-सङ्गीतका क्षेत्रमा लामो समयदेखि योगदान दिएका सङ्गीतकार राजु सिंहलाई दिर्घ जीवन साधना सम्मान प्रदान गरिएको थियो साथै, रमेशकै शव्दमा बनेको गीत ए झन्डाले ध्वनी सम्पादक भोला पौडेललाई पनि उत्कृस्ट ध्वनी सम्पादकको अवार्ड दिलाएको थियो।

 

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित