सिराहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

लहान, फागुन ९ गते रासस – सिराहामा ५ हजार ३५३ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णणदेव यादवले जानकारी दिनुभयो । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित