चर्चित सञ्चारकर्मी रवि लामिछानेले गरे ‘ग्यालेक्सी फोरके’ नामक टेलिभिजन च्यानलको घोषणा

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानलको घोषणा गरेका छन् । मंगलबार काठमाडौँको मेरिओट होटेलमा एक कार्यक्रमको आयोजना गरेर रवि रामिछाने तथा उनको समूहले ‘ग्यालेक्सी फोरके’ नामक टेलिभिजन च्यानल आउने घोषणा गरेका हुन् । टेलिभिजनको म्यानेजिङ डाइरेक्टरमा रवि लामिछाने रहेका छन् ।

उक्त टेलिभिजन संचालनको घोषणा गर्दै लामिछानेले आफूहरु फरक टेलिभिजन हुने दाबी गरेका छन् । सो टेलिभिजनमार्फत जनताका आवाज तथा मनोरञ्जनात्मक प्रस्तुतिका कार्यक्रम रहने लामिछानेको भनाई छ । टेलिभिजन नेपालको पहिलो फोरके टेलिभिजन हुने लामिछानेले जानकारी दिए । सो टेलिभिजनले फ्रेन्चाइज शोहरु को बन्छ करोडपति तथा क्राइम पेट्रोल नेपाल कार्यक्रमको साथै रामायणको नेपाली संस्करण समेत प्रशारण गर्ने घोषणा गरेको छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित