पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शरीरको देब्रपट्टि समस्या देखिएपछि नेता जोशीलाई बिहीबार राति वीर अस्पताल लगिएको थियो। उनको बिहीबार राति वीरमै उपचार गरिएको थियो। नेता जाेशीलाई आज बिहान वीरबाट नर्भिक अस्पताल लगिएको उनका आफन्त ले बताएका छन् । नर्भिक अस्पतालमा शल्यक्रियाको तयारी गरिएको छ। उनलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको संवेदनशील भागमा रगत जमेको छ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित