सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ मा मिलनको दमदार अभिनय

गायक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। ‘म बाँच्नुको’ बोलको गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन्। गीतमा शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ।
गीतको भिडियोमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापाको अभिनय रहेको छ भने अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ। भिडियोमा फरक कथावस्तु लाइ प्रस्तुत गरिएको छ।आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेको उक्त भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकीत बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन्।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित