हल अफ फेम–२ को फाइनलमा टिका,पूर्ण र विजय ! कसले जित्ला उपादी ?

एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेम–२ को फाइनलमा स्थान बनाउने तीन जना प्रतियोगीहरूको टुंगो लागेको छ । शुक्रबार राती प्रसारण भएको १३ औँ एपिसोडले यस सिजनको फाइनलमा पुग्ने तीन जनाको टुंगो लगाएको हो ।

इलामका टिका मगर, ललितपुरका पूर्ण विक र काठमाडौँ विजय सुनारले हल अफ फेम–२ को उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । उनीहरू अडिसन राउण्ड हुँदै विभिन्न चरणहरू पार गर्दै यहाँसम्म आइपुगेका हुन् ।
उनीहरूमध्ये उपाधी विजेताले १ लाख नगद पुरस्कारका साथै अफिसियल गीत तथा भिडियो रेकर्डिङ र सबै निर्णायकहरूको साथमा अष्ट्रेलिया टुर जाने अवसर पाउनेछन् ।

कार्यक्रम हल अफ फेम हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रशारण गरिँदै आइरहेको छ ।

https://www.youtube.com/watch?v=zhZ1MuxRSq8

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित