स्वर्गीय अमर गुरुङको ८३ औं जन्मजयन्तिका अवसर पारेर मन्त्री रामवीर मानन्धरलाई सम्मान

एकल गायत विधामा विश्वकीर्तिमान कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई सम्मान गरिएको छ । स्वर्गीय गायक अमर गुरुङको ८३ औं जन्मजयन्तिका अवसर पारेर मन्त्री मानन्धरलाई सम्मान गरिएको हो । नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउन पुर्याएको योगदान पुर्याए बापत नेपाल सांगीतिक संघले मन्त्री मानन्धरलाई सम्मान गरेको हो । राज्यमन्त्री मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गरेका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउनका लागि आफुले विश्व कीर्तिमान बनाएको बताए । मन्त्री मानन्धरले सगरमाथासँगै बुद्ध जन्मेको विश्वकै शान्ति भूमी नेपाललाई समृद्धिको बाटोमा अघी बढाउन सरकार क्रियाशील रहेको बताउँदै प्राकृतिक रुपमा सम्पन्न नेपाललाई अव आर्थिक विकासको बा६ोमा हिडाइएको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । साधना कला केन्द्र र नेपाल सांगीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३ औँ जन्मजयन्तीका अवसरमा मन्त्री मानन्धरलाई सम्मान गरेको हो । मन्त्री मानन्धरले गत पुस १० गते वर्ल्ड बुक अफ रेकर्डको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा लगातार चार घण्टा पाँच मिनेट २० सेकेन्ड गित गाएर विश्व कीर्तिमान राखेका थिए । मन्त्री मानन्धरले गत साता भारत गएर कीर्तिमानी प्रमाणपत्र लिएर स्वदेश फर्किएका हुन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित