धुर्मुस सुन्तली फाउन्डेसनको अफर “एक लाख दिनोस्, आफ्नो नामको कुर्सी राख्नोस्” !

धुर्मुस सुन्तली फाउन्डेसन को अगुवाईमा चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै धुर्मुस सुन्तली फाउन्डेसनले रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो । ३० हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ । आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरणसमेत सार्वजनिक गरेको छ । फाउन्डेसनले रंगशाला निर्माणको कुल लागत तीन अर्ब ५५ करोड रुपैयाँ रहने जनाएको छ । रंगशाला निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ संकलन भएको छ । यो लागत रकमको ९.०९ प्रतिशत मात्र हो । ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ । रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ । रंगशाला निर्माणकार्यमा सहयोग पुर्‍याउन फाउन्डेसनले सबैलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा मदन कृष्ण श्रेष्ठ , हरि बंश आचार्य ,दिपक बिस्ट लगायत को उपस्थिति थियो। (भिडियो )

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित