रमेशको स्वर, किरणको संगीतमा ‘मान्छे’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । प्रतिभाशाली गायक रमेश कडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मान्छे’ सार्वजनिक गरेका छन्।
मानविय संवेदना र जीवन दर्शनको भाव अभिब्यक्त यस गीतमा वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रहेको छ भने किरण कडेलको संगीत र संगीत संयोजन रहेको छ।
कलात्मक तरिकाले निर्माण गरिएको यस भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको जिवन्त अभिनय देख्न सकिन्छ।
राजधानीको पशुपतिनाथ मन्दिर वरपर छायांकन गरिएको यस भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
एउटा स्तरिय सिर्जनामा जोडिन पाएकोमा गायक कडेलले आफु भाग्यशाली रहेको बताएका छन्। यसअघि गायक कडेलको स्वरमा रहेको ‘ईमेल इन्टरनेट’ लगायत थुप्रै गीतहरु चर्चित छन । यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक कडेलले सबैलाई आग्रह गरेका छन।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित