नेत्रविक्रम चन्द विप्लव सार्वजनिक सहिद परिवारसँग भेटेर काठमाडौं आउँदै

सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर नवलपरासी बाट सार्वजनिक भएको छ। विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरी काठमाडौं आउन लागेका छन्।

प्रहरीले नवलपरासीबाट स्कर्टिङ गरेर उनलाई ल्याउँदैछन्। स्थानीय सहिद परिवारको घरमा केही समय आराम गरेपछि कार्यकर्ताले अबिर लगाएर काठमाडौंका लागि बिदाइ गरेका थिए।

बुधवारबाट सरकारसँग वार्ता शुरु भएकोमा बिहीवार दुई पक्षबीच तीन बुँदे सहमति भएको हो। आज राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित