प्रधानमन्त्री केपी शर्मा ओली र बामदेब गाैतमबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली बामदेव निवास भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको एक नेताले जानकारी दिए । नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओ‌ली र गौतमबीचको भेटको तस्वीर सार्वजनिक गरेका थिए ।

उनले प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न भैंसेपाटी गएको उल्लेख गरेका छन् । फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पुर्‍याउन क्रियाशील छन् । त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनलाई भेटेको अनुमान गरिएको छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित