राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्र नियुक्त

सरकारले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ढुङ्गाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका निवर्तमान डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल एक साताअघि सकिएको थियो । डेपुटी गभर्नरमा नियुक्त हुनुभएका ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर हुनुहुन्छ । उहाँहरूको कार्यकाल पाँच वर्ष रहेको छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित