बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन माला आर्टस् एकेडेमीको प्रस्तुतिमा नाटक ‘विम्बाका सपना’ मञ्चन

राष्ट्रिय नाच घर मा भैरहेको बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन शुक्रबार माला आर्टस् एकेडेमीको प्रस्तुतिमा अभि सुवेदीको लेखन र सन्दीप डंगोलको निर्देशन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ । करिब १ घन्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित रहेको थियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे । यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए । यही ६ वर्षको बीचमायशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो ।

नाटककार अभि सुवेदीले यशोधरालाई विम्बाको नामदिँदै उनको अन्तद्र्धन्द्धलाई प्रस्तुत गरेका थिए । शुक्रबार मञ्चनभएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्धारा अझै रोचकतरिकाले प्रस्तुत गरेका थिए । नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा,अन्जु रिजाल , अम्बिका बराल लगायत कलाकारले अभिनय गरेका छन् ।  गतआइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमाभारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुतभइसकेका छन् । फेस्टिभलमा मञ्चनभएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो । शनिबारको अन्तिममञ्चनसँगै फेस्टिभलको समापनहुने फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी गराएका छन् । अन्तिम दिन महोत्सवमा विरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’मञ्चन हुनेछ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित