नेपाललाई थ्री नेसन्स कपको उपाधि ! उपाधि संगै खेलाडी द्वारा ‘केपी बा वी लभ यू’ को नारा !

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको छ । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक–एक गोल गरेका थिए । बंगलादेशले दोस्रो हाफको अन्तिम तिर गोल फर्काएको थियो । उपाधि सँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो । आज को खेल हेर्न दशरथ रंगशालामा प्रधानमन्त्री ओली लगायत प्रदिप ज्ञवाली , सुबास नेम्वांग लगायत नेता हरु उपस्थिति रहेको थियो।

उपाधि समारोहमा सामूहिक रुपमा उत्सव मनाईरहेको ठाँउमा पुग्नु भएका प्रधानमन्त्री ओलीसँग तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री ओलीलाई सम्मान स्वरुप खेलाडी हरुले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका हुन् । ( भिडियो )

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित