पन्जाबी गीतको भिडियो निर्देशनमा ब्यस्त नेपाली निर्देशक रसाइली

हिजोआज नेपाल बाहिर बसेर पनि नयाँ नयाँ नेपाली गीतको म्युजिक भिडियो निर्माण र निर्देशन गर्ने व्यक्ति तथा कम्पनीहरु दिनानुदिन बढ्दै गैरहेका छन् । हिजोआज नेपालबाहिर हङकङ ,अमेरिका ,बेलायत र अस्ट्रेलियामा नेपाली गीतको म्युजिक भिडियो निर्माण हुने गरेको छ । अहिले नेपालपछि सबैभन्दा बढी नेपाली भिडियो निर्माण हुने ठाउँ हो अस्ट्रेलिया । नेपालमा रहदा भन्दा बाहिर त्यो पनि अस्ट्रेलियामै रहेर म्युजिक भिडियो निर्देशनमा ब्यस्त व्यक्ति हुन् जीवन रसाइली । रसाइलीले करिब ४ बर्षदेखि अस्ट्रेलियामै बसेर धेरै भिडियोहरु निर्देशन गरिसकेका छन् । हाल उनी नेपाली म्युजिक भिडियोको अलावा पछिल्लो समय पन्जाबी गीतका भिडियो निर्देशनमा ब्यस्त रहन थालेका छन । अस्ट्रेलियामा नै बन्ने धेरै पन्जाबी भिडियोका निर्माताका रुचाइका निर्देशक हुन् जीवन रसाइली
उनले २०१८ देखि नै पन्जाबी गीतका भिडियोको निर्देशन सुरु गरेका थिए। त्यही बेलादेखि नै उनको निर्देशकीय कलाको त्यहाँ प्रशंसा हुन लाग्यो र उनी निरन्तर उनीहरुको रोजाइको भिडियो निर्देशक बन्न सफल भए ।


अष्ट्रेलियन प्राबिधिकहरु, अत्याधुनिक प्रविधिको क्यामेरा , ड्रोनको प्रयोग सहित अस्ट्रेलियाको बिभिन्न रमणीय स्थानहरु छायांकन गर्ने उनको भिडियोले सजिलै दर्शक र निर्माताको ध्यान तान्ने गरेको पाइन्छ ।
निर्देशक रसाइली निर्देशित Get Together भन्ने पन्जाबी गीतको भिडियो शनिबार मात्रै सार्वजनिक भएको छ यसअघि उनको धेरै पंजावी भोजपुरी ,अंग्रेजी गीतका भिडियो आइसकेका छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित