‘पाउडर किरिममा’ भन्दै पुष्प, रवि, प्रियना र सम्झना ( भिडियो )

काठमाडौं । अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको ( Aafno Maan)च्यानलले नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक गरेको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ ।मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । अनिल केसीको प्रस्तुति रहेको ‘पाउडर किरिममा’ लाइ आफ्नोमन ( Aafno Maan)को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आफ्नोमन यूट्यूब च्यानलले अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको छ ।

 

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित