रमेशलाई रेडियो नेपालको दोस्रो गोल्ड मेडल

रेडियो नेपालको ७१ औ बार्षिकोत्सब उपलक्षमा आयोजित रास्ट्रब्यापी खुल्ला आधुनिक सङ्गीत प्रतियोगितामा गीतकार रमेश दहालले दोस्रो पटक पनि उत्कृस्ट स्थान प्राप्त गरेकाछन् । प्रतियोगितामा रमेशले लेखेको ‘बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको गीत उत्कृस्ट भएको हो कार्यक्रममा उत्कृस्ट भएको गीत सङ्गीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जनागुरागाईंको स्वरमा प्रस्तुत भएको थियो । २०७७ चैत्र १८ गते रेडियो नेपालको प्रांगणमा २५० जना दर्शकहरुको उपस्थितिमा आयोजित आधुनिक गीत प्रतियोगितामा देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत प्रस्तुत भएका थिए। चैत्र ११, १२, १३, र १५ गते को पहिलो चरणको छनौट प्रतियोगितामा ५० गीतहरु प्रस्तुत भएका थिए भने ३१ ओटा गीतहरु प्रतियोगिताबाट
अन्तिम चरणका लागि छानिएका थिए । नेपाली गीत-सङ्गीतको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रुपमा हेरिने यो प्रतियोगितामा भाग लिएर उत्कृस्ट हुन बर्षौसम्म सङ्गीतकर्मीहरु प्रयाशरत रहन्छन् तर कमैले मात्रै सफलता पाउने गर्दछन् । रमेशले भने २०६६ सालमै पहिलो पटक ‘ पूर्वको बादल जल्यो’ बोलको गीतका लागि उत्कृस्ट स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा सङ्गीत तर्फ तारा थापा गायन तर्फ प्रकाश गुरुङ र गीत लेखन तर्फ सुबाश
चन्द्र ढुंगेल निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।  रेडियो नेपालले २०२२ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगितामा उत्कृस्ट हुने कलाकारले नेपाली गीत-सङ्गीतमा उल्लेख्य नाम आर्जन गर्न सक्छ भन्ने देखाउछ l नारायण गोपाल, भक्तराज आचार्यदेखि, दिप श्रेष्ठ, रामकृष्ण ढकाल, अन्जु पन्त, शिब परियार लगायत हिजो र आजका प्रसिध्द सङ्गीतकर्मीहरु यस्तै प्रतियोगिताबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए ।प्रतियोगितामा गायन तर्फ शुभाश मण्डल गायनमा प्रथम, शंकर स्माइल सङ्गीततर्फ प्रथम भएका थिए ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित