रानी शाक्य र पुरुषोत्तम न्यौपानेको सुमधुर स्वरमा ‘सुहाउँदैन ओठमा हाँसो’ ( भिडियो )

देश बाहिर भएरपनि पछिल्लो समय नेपाली सांगीतीक आकाशमा निकै चम्किरहेकी गायिका रानी शाक्यको ‘सुहाउँदैन ओठमा हाँसो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रदीप सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा रानी शाक्यको साथमा पुरुषोत्तमको पनि स्वर सुन्न सकिन्छ । कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको गीतको भिडियोलाई गायिका रानी शाक्यको अफिसियल युट्युब च्यानल ( Rani Shakya) बाट शुक्रबार सार्वजनिक गरिएको हो । नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशनमा भिडियोलाई ह्वाइट मिडियाले उत्पादन गरेको हो ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित