चर्चित गायिका टिका प्रसाई र बिरेन्द्र श्रेष्ठको ‘फूल फुल्यो केशरी’ रिलिज ( भिडियो )

चर्चित गायिका टिका प्रसाई र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत ‘फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडियो आफ्नो अभिनय र नृत्यकलालाइ अगाडि बढाइरहेका किरण मगर, निक्की श्रेष्ठ ,स्माइली श्रेष्ठ र किशोरी बिस्टको दमदार नृत्य रहेको छ ।
किरण मगर र निक्की श्रेष्ठद्वारा संचालित ड्रिम फिटमा अमृता जी सी , स्माइली श्रेष्ठ र किशोरी बिस्ट मेम्बर रहेका छन जसको मुख्य उद्धेश्य नै नेपाली लोक नृत्यको जगेर्ना र डान्सरहरुलाई सहयोग गर्नु रहेको छ ।सुदीप बिस्टको सिनेमाटोग्राफी र सम्पादन रहेको भिडियोलाई किरण मगरको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित