बृक्षालय रिसोर्ट एण्ड कालिज फार्ममा बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना हुदैँ

नयाँ बर्ष २०७८ लाई स्वागत गदै ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र बृक्षालय रिसोर्ट एण्ड कालिज फार्मको संयुक्त आयोजनामा आगामी चैत २८ देखि बैशाख १ सम्म बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना हुने भएको छ ।

कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने, नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ग्यास्ट्रोनोमि फेस्टिवल आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण,प्रचारप्रसार र प्रवद्र्धन मुख्य उदेश्य रहने संस्था अभियान्ता अक्कल बहादुर तामाङले जानकारी दिनु भयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झांकीहरु प्रस्तुत सहित रैथाने परिकारको स्वाद लिन सकिने छ। कार्यक्रम स्थलमा कालिज फार्म रहेकोले कालिजको बिभिन्न थरिका स्वादिलो परिकार, नेवारी खाना,बेकरी,सातै प्रदेश खाना सहित स्थानिय महिला समुह द्वारा उत्पादन गरिएको खाद्य पदार्थ, कृषि उत्पादन, सामाग्रीहरू विभिन्न स्टलका साथै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका अध्यक्ष सुरेश चन्द्र बस्नेतले जानकारी दिनु भयो ।

कार्यक्रममा संस्था उपाध्यक्ष सन्तोष कुवर कोषाध्यक्ष रमेश भण्डारी इनफ्लाइट सेफ वेद अधिकारी,लगाएत ले भोजन पर्यटनको विकास गर्न ग्यास्ट्रोनोमि फुड फेस्टिवल आवश्यक रहेको बताए । फेस्टिवल बुडानिलकण्ठ ११ स्थित बृक्षालय रिसोर्ट एण्ड कालिज फार्ममा हुन लागेको आयोजकले जानकारी दिएका छन्।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित