गायक भीम श्रेष्ठ भन्दै छन् “ओ माइ लर्ड”

गायक तथा संगीतकार भिम श्रेष्ठ को “ओ माइ लर्ड” बोल को गीत सार्बजनिक भएको छ। गीतमा शब्द तथा संगीत भिम स्वयं कै रहेको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान बाबु ले गरेका हुन्।
केहि फरक किसिमले प्रस्तुत भएको गीतको म्युजिक भिडियो मा गायक भिम श्रेष्ठ संगै गरिमा शर्माले अभिनय गरेका छन्। अर्जुन तिवारी र उनको टिम ले खिचेको उक्त भिडियो लाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। गीत को निर्देशन शान थापाले गरेका हुन्।
यस अघि माझी दाई ,जाने बेला लगायत गीत गाएका भीमले ओ माइ लर्ड बोल को गीतले पनि दर्शक तथा श्रोता को मन जित्ने आशा राखेका छन्। गीत उनको आफ्नै अफिसियल यु टुब मार्फत सार्बजनिक भएको छ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित