राजनको संगीतमा अनिसको ” चरिले ” सार्बजनिक ( भिडियो )

गायक अनिस भण्डारीको नयाँ गित” चरिले “ सार्वजनिक भएको छ । राम अविरल बिष्टको शब्द रहेको उक्त गीतमा संगीतकार राजन तिमिल्सिनाको संगीत रहेको छ। गीत को संगीत संयोजन मोहित मुनालको रहेको छ।

सार्वजनिक भएको गीतको भिडियोमा अहिलेका निकै रुचाईएका मोडल,नायक पल शाह र गिता ढुंगानाको रहेको छ अनिस आफैले पनि गीत मा अभिनय गरेका छन् । फरक कथाबस्तु मा तयार भएको भिडियोको निर्देशन शान थापाको रहेको छ। भिडियो को छायांकन अर्जुन तिवारी को रहेको छ भने सम्पादन सुप्रीम पराजुलिको रहेको छ ।
यस अघि गायक सुगम पोख्रेल संग ताली ठोकौँला बोलको गीत गाएका उनले ” चरिले “ बोलको गीत ले पनि दर्शक तथा श्रोताको मन जित्ने आशा लीएका छन्।
उक्त गित 8K एभरेस्ट मोसन पिक्चर्स को युटुब च्यानलबाट सार्वजनिक भएको छ । ( भिडियो )

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित