आफ्नो जन्मथलो र पिता पुर्खा सम्झिदै सुगम ले गाए ” पुर्खा है मेरा खोटांगे ” बोलको गीत

आफ्नो जन्मथलो र पिता पुर्खा का बारे धेरै कम गीत हरु बनेका छन्।फरक फरक गीत संगीत मार्फत आफ्नो बेग्लै पहिचान बनाएका गायक सुगम पोखरेलले आफ्ना जन्मथलो र पुर्खा सम्झेर ” पुर्खा है मेरा खोटांगे “ बोलको गीत सार्बजनिक गरेका छन्। अहिलेका पुस्ताले आफ्नो पुरानो पहिचान बिर्सिदै गरेको महसुस गरेका सुगमले गित मार्फत नया पुस्ता लाइ संदेश पनी दिन खोजेका छन् साथै संसार भरि फैलिएका नेपाली हरु जो जता भए पनि पहिचान चाहिँ नेपाली मूल कै हुन्छ भनेर गित मार्फत आफ्ना भावना व्यक्त गरेका छन्।

आउदै गरेको आफ्नो ८औं गीति संग्रह ” तिलस्मी काठमान्डौ ” मा संग्रहित उक्त गीत मा शब्द संगीत पनि सुगम आफ्नै छ। गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन्।

गीतको भिडियो लाइ दिनेश थापा (काजी ) ले खिचेका हुन् भने सम्पादन हिमाल जोशीले गरेका हुन्। कोरोना भाइरसले आतंकित बनिरहेको यो बेला सबै लाइ सुरक्षित भएर बस्न आग्रह गर्दै सुगम ले गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गरेका छन्।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित