नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको काेराेना संक्रमणका कारण निधन

नेपाली सेनाका सहायक रथी ( जर्नेल) दिनेशकुमार केसीको काेराेना संक्रमणका कारण निधन भएकाे छ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीकाे संक्रमण देखिएपछि अस्पतालमा उपचाररत थिए।

केसीकाे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक सहायक रथी प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

कोरोना संक्रमण देखिएपछि करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिनअघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित