राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनको मतदानमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी हुनुभएको छ ।  माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बन्नुभएका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरी जम्मा चार हजार १ सय ४० मतभार प्राप्त गर्नुभएको कुँवरले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको छ । महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीले समर्थनमा उम्मेदवार बन्नभएका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ गरी ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको सूचना अधिकृत कुँवरले जानकारी दिनुभयो ।
बिहान ९ वजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानमा २ सय ९७ मत खसेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ३ मत बदर भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै तीन वटा मतदान केन्द्रको व्यवस्था गरेको भन्दै थापाले प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख दुई वटा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्र तोकिएको थियो

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित