जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद थप उत्कर्षमा

जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद थप उत्कर्षमा पुगेको छ । मंगलबार दुवै पक्षले एक–अर्कोलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले चार नेतालाई निष्कासनको निर्णय गरेलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीका नेताहरुलाई कारवाही गर्ने र पार्टीभित्र फुटको सिर्जना गर्न खोजेकाले अध्यक्ष यादवलाई कारवाही गरिएको जसपा महन्थ पक्षका नेता प्रमोद साहले जानकारी दिनुभयो । अहिले पार्टी अध्यक्ष ठाकुले सकेसम्म पार्टीलाई बचाउन खोजेको उहाले बताउनुभयो । साहले अहिले मधेशका मुद्धाहरुलाई सरकारले सम्बोधन गरिरहदा खुसी मनाउनुपर्ने बेला कारवाही गरेर मधेका जनताको भावनामाथि यादव पक्षले प्रहार गरेको जिकिर गर्नुभयो ।

 

यसअघि यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाउनुभएको हो । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित