उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

उदयपुर, जेठ २० गते । रासस – कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।

आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताउनुभयो । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित