कालो ढुसीको औषधि एम्फोटेरिसिन ‘बी’ औषधि नेपाल ल्याईदै

बंगलादेशबाट करिब आठ हजार मात्रा (डाेज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबारबाट नेपाल ल्याउन शुरु गरिने भएको छ ।
बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि एम्फोटेरिसिन ‘बी’ को पहिलो लट भोलि नेपाल ल्याउन लागिको हो ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार भारतले नेपाललाई दिने औाषधि एम्फोटेरिसिन ‘बी’ मौज्दातका रुपमा राख्ने गरेको भए पनि । पछिल्लो समय भारतमा बढ्दै गएको कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाए पछि औषधिको अभाव हुन थालेको थियो । बंगलादेशबाट भोलि नेपाल ल्याइने औषधि एम्फोटेरिसिन ‘बी’ को वितरणको जिम्मा प्राइम फार्मास्यूटिकल्सले पाएको छ ।  कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नााक सिन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो लेख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखापर्ने गर्दछन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित